यो जित अग्रगामी जनताको हो : जनार्दन शर्मा

काठमाण्डु - रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएकाे बताएका छन् । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिदै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् । नेकपा (माओवादी केन्द्र)का नेता अर्थमन्त्री शर्माले उत्पादन,रोजगार,समृद्धि, सामाजिक,सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र…