भुटानी शरणार्थी प्रकरणः देउवा र ओलीमाथि पनि अनुसन्धान गर्न संसदमा माग

काठमाण्डु- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुईजना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले दुईजना पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् । पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी…