कांग्रेसका महामन्त्रीद्वय संसदमा, एमाले-माओवादीका महासचिव जनमतद्धारा अस्वीकृत

काठमाण्डु- देशभर हाल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना भइरहको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना भइरहेको हाे । बिहीबार सवा १२ बजेसम्म निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मत परिणामअनुसार हालसम्म प्रतिनिधिसभामा विभिन्न पार्टीका ७३ उम्मेदवार विजयी भएका छन्। जसमध्ये विजयी हुनेमा नेपाली कांग्रेसका महामन्त्री पनि छन् ।…