काठमाण्डु- कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । नव नियुक्त मन्त्री शाह र कामीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । माओवादीले आफ्ना सरकारमा सहभागी दुई…