‘सिद्धान्त छाडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन्’

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त छाडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले कहिल्यै नगरेको बताएका छन् । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित ४७औं पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरूले…