काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन क्षेत्र लक्षित चुनावी कार्यक्रम अघि बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लैले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि ठूला तथा साना राजनीतिक दलका उम्मेदवारहरु…