राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका छन् । आज बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो प्रस्ताव राखेका हुन् । जवाफमा कांग्रेसले सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको कांग्रेस नेता रमेश लेखकले बताए । उनले आफूहरुले कांग्रेस नै प्रमुख प्रतिपक्ष दल भएको जानकारी गराएको समेत बताए…