दिल्लीबाट प्रचण्डले भने- दुई देशको सम्बन्धलाई थप बलियो बनाउनेछु

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिवार भारत नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताएका हुन् । उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको…