कांग्रेस-माओवादीले अलपत्र पारे चोलेन्द्र विरुद्धको महाअभियोग, चुनावमा घाटा गर्ला ?

काठमाण्डु - सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गराए । २०७८ फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव अझै अगाडि बढेको छैन । सोमबारको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेता डा. शेखर कोइरालाले महाअभियोगको विषयलाई कोट्याए । उनले बैठकमा भनेका छन्, ‘सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग…