असोज २० गतेभित्र निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्न आयोगको निर्देशन

काठमाण्डु - निर्वाचन आयोगले असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो । आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी…