काठमाण्डु- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार बिहान अचानक विराटनगरस्थित कोइराला निवासमा देखिए। शेरबहादुर देउवा नेतृत्वसँग चिसिएको सम्बन्धपछि खाँणको यो उपस्थितिलाई कांग्रेस राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ। कोइराला निवासमा पुगेका खाँणले त्यही पत्रकार सम्मेलन पनि गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै खाँणले कोइराला निवासलाई कुनै गुटको हैकम नभई साझा भावनात्मक केन्द्र भएको बताए…