काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने फागुन २१ गते देशमा चेतनाको घण्टी बज्ने बताएका छन् ।सोमवार साँझ भिडियो सन्देश जारी गर्दै फागुन २१ गते जनताले आफ्नै हातले न्याय र परिवर्तनको इतिहास लेख्ने बताएका हुन् । उनले आफू नेता नभई अभियान्ता बन्न चाहेको उल्लेख गरेका छन् ।उनले कुशासन ,अहङ्कारले हार्ने र परिवर्तनले जित्ने विश्वास व्यक्त…