चुनावमा उत्साहजनक सहभागिताका लागि निर्वाचन आयोगको अपिल

काठमाण्डु – भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहजनक सहभागिताका लागि निर्वाचन आयोगले अपिल गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री पुर्‍याइसकिएको जनाएको छ । मतदान केन्द्रको निर्माण, लैङ्गिक तथा अपाङ्गमैत्री व्यवस्थापन र कर्मचारी परिचालनका सम्पूर्ण कार्यहरू सम्पन्न भएका छन् । मतदाताले विना…