काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले मुखयमन्त्री राउतलाई राजीनामा दिन आफूले निर्देशन नदिएको दावी गरेका हुन् । ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता…