काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरिको आइतबार पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम गरिएको हो । पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका हुन् ।…