माओवादीमा परिवारवाद हावि भएको भन्दै चौताराका पूर्व मेयर एमाले प्रवेश गर्दै

काठमाण्डु - माओवादी केन्द्रका प्रभावशाली नेता अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचित भएका तामाङ एमाले प्रवेश गर्न लागेका हुन् । सिन्धुपाल्चोक पार्टीमा परिवारवाद हावि भएको, पार्टीले मुल्यांकन नगरेको भन्दै उनी एमाले प्रवेश गर्न लागेको हो । स्थानीय तहको निर्वाचनमा मेयरका आकांक्षी…