काठमाण्डु नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यता भएको बताएका छन् । शनिबार कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले नेपाली कांग्रेसले चुनावमा गठबन्धन नगरे अन्य दलले गर्ने बताएका हुन् । चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने महामन्त्री थापाको भनाइ छ । ‘चुनावअघि तालमेल…