काठमाण्डु — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रमा निर्वाचनमा उम्मेदवार बन्न कांग्रेसका डेढ दर्जन नेताहरु आकांक्षी देखिएका छन् । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपनि चितवनमा भने दाहाल यसअघि चुनावमा उम्मेदवार बनेको क्षेत्रमा कांग्रेसभित्र किचलो सुरु भएको हो । दाहाल वाम गठबन्धनको उम्मेदवारका रुपमा यसअघि चितवन ३ बाट निर्वाचित भएका थिए…