गठबन्धनको अन्तिम चुनावी सभा काठमाण्डुमा, प्रचण्ड, माधव र गगन थापाले सम्बोधन गर्ने

काठमाण्डु - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाण्डुको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो । गठबन्धनको काठमाण्डु…