काठमाण्डु - नेकपा माओवादी केन्द्रले वामपन्थी दलरूसँगको एकताका लागि कार्यदल गठन गरेको छ । पूर्व प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसंग पार्टी एकता गर्ने निर्णय गरेको माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिवहरू शक्ति बस्नेत, जर्नादन शर्मा ‘प्रभाकर’ र गिरिराजमणि पोखरेल रहेका छन्…