माओवादी युद्धमा ठूलो पीडामा परेका कांग्रेसलाई मल्हमपट्टी लगाउन चाहन्छु : प्रचण्ड

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रूपमा लिएको बताएका छन् । बिहीबार काठमाण्डुमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने…