केन्द्रीय समिति बैठकमा अर्जुननरसिंह केसीले राखे ११ बुँदे धारणा

काठमाण्डु-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् । जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन् । देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।  गत मङ्सिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरूको…