उम्मेदवार रावलको दैनिकी : दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसार

कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उनी दिउँसो भने व्यापार सम्हाल्छन् । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन्…