काठमाण्डु – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक चुनावी घोषणापत्र नेसपाले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ लाई मूल नाराको रुपमा अघि सारेको छ । माओवादीको चुनाव चिन्ह हँसिया–हतौडाबाट चुनाव लड्न लागेको नेसपाको घोषणापत्रमा १२ वटा प्रतिबद्धता रहेका छन् । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित…