एमालेसंग सहकार्य गर्नेबारे माओवादीमा दुई धार

काठमाण्डु– नेकपा माओवादी (केन्द्र) भित्र बामपन्थी एकता गर्नेबारे दुई धार देखा परेको छ । माओवादी स्रोतले दिएको जानकारीअनुसार माओवादीभित्र अहिले एमाले र कांग्रेसमध्ये कोसंग सहकार्य गर्ने भन्ने बारेमा नेताहरुबीच विवाद छ । माओवादीले कांग्रेस र एमालेभन्दा जसपा र समाजवादीसंग चुनावी मोर्चा बनाउनेबारे छलफल चलाइरहेको छ । तर, छलफलले मूर्त रुप भने अहिलेसम्म पाएको छैन् ।…