काठमाण्डु - नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आइतबारको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुनेछ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गर्ने भएको हो । पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६…