काठमाण्डु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान मास्ने प्रपञ्च भइरहेको बताएका छन्।आठौँ संविधान दिवसका अवसरमा शुभकामना दिँदै नेता नेपालले संविधान रक्षाका लागि जनताको सुझबुझपूर्ण साथको आवश्यकता भएको बताएका हुन्। नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र त्यसका लागि भएका विभिन्न आन्दोलनमा जीवन…