एसपीपी सम्झौताप्रति एमालेको गम्भीर असहमति छ : महासचिव पोखरेल

बुटवल - नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकासँग सरकारले गर्ने भनेको एसपीपी सम्झौताप्रति गम्भीर आपत्ति जनाएका छन् । अमेरिकाले नेपाल सरकारसँग प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मुलुकलाई सैन्य गठबन्धनमा लैजाने प्रपन्च रहेको भन्दै यसलाई एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताए । 'यसप्रति एमालेको गम्भीर असहमति छ, अमेरिका भ्रमण र एजेण्डाबारे सरकारले यथाेचित जवाफ दिनुपर्छ,'…