काठमाण्डु – गत पुस १९ गते बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष पदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो, त्यसयता २ महिना बित्दासम्म माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । त्यतिबेला नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि चीनमा भएकाले उनी फर्किएपछि पदाधिकारी चयन गर्ने भनियो । नेता पुन माघ १० गते…