संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई दिनुपर्छ : सभापति देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फाउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजाप्रसाद कोइराला भएको बताएका हुन् । उनले…