काठमाण्डु – तीन दलका सांसदहरुले इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै उक्त प्रस्ताव प्रतिनिधिसभा सचिव गोपालनाथ योगीमार्फत दर्ता गराएका हुन् । उक्त प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई रहेका…