काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन बिहीबार सत्तागठबन्धनको बैठक बस्नु अघि दुई नेताबीच भेटवार्ता भएको हो । मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीसँग नेपालले गरेको सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आजै निर्णायक छलफल हुँदैछ । बुधबार प्रतिनिधिसभा…