ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार निशान्त शर्मा ३ हजार १९८ मत सहित निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पारे । थापाले २ हजार ६९१ मत पाएका छन्। शर्मा दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन्…