काठमाण्डु - नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबेदारी पेस गरेका हुन् । तामाङले भने, ‘पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबी रहन्छ ।’ सिन्धुपाल्चोकका तामाङ पूर्वमन्त्रीसमेत हुन् । तामाङ…