हरेक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

काठमाण्डु– प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ । समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन् । मस्यौदा अनुसार प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। मस्यौदामा भनिएको छ, ‘प्रधानमन्त्रीको निजीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका…