काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् । मंगलबार दोश्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्याल आशन कक्षमा प्रवेश गर्दा मन्त्री नउठेको भन्दै महरले नियमापत्ति जनाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को व्यवस्थातर्फ सभामुखको ध्यानाकर्षण गराए । उक्त नियमको (क) मा सभामुख…