माओवादी र रास्वपाले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

काठमाण्डु– नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने भन्दै खतिवडाको राजीनामा मागेको हो । सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यसमा जानाजानी राज्यव्यवस्था तथा…