काठमाण्डु — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बैठक दिउंसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई पुन पठाउने वा अर्को व्यक्तिलाई पठाउनेबारे निर्णय हुनेछ । संसदीय छानविन विशेष समितिबाट शर्माले क्लिन चिट पाइसकेका छन् । माओवादीमा अर्थमन्त्रीका दावेदार रहेका वर्षमान पुन, शक्ति…