काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) को राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसिरहेको छ । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाण्डुमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक बोलाएका हुन् । कार्यकारिणी समितिका ३५ सदस्यमध्ये वीरगञ्जमा १६ सदस्य उपस्थित भएको जनाइएको छ । अध्यक्ष यादव…