काठमाण्डु – वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समिति घोषणा भएलगत्तै विवादमा परेको छ । नेता गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर घोषणा गरेलगत्तै उनको पार्टीमा परिवारवाद हावी भएको भन्दै विवादित बनेको हो । ७५ जना केन्द्रीय समिति सदस्य रहेको नयाँ पार्टीमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका…