काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागि नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा ४ मन्त्री र एक राज्यमन्त्रीलाई शपथ खुवाएकी हुन् । शपथपछि यी मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी…