काठमाण्डु - एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फेरबदल गर्ने निर्णय गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । सोमवार अबेर राति बसेको उपेन्द्र पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।…