संघीय लाेकतान्त्रिक गणतन्त्रकाे जन्मदाता माओवादी केन्द्र हाे : प्रचण्ड

काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीकाे पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारेकाे र यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइने बताए । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूकाे पार्टीमा आकर्षण बढेकाले निर्वाचन…