काठमाण्डु – नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६७४३ वडालाई मतदातासँग सम्पर्क बढाउन परिपत्र गरेको हो । केन्द्रीय कार्यालयद्धारा जारी सर्कुलरमा टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न भनिएको…