काठमाण्डु – कर्णाली प्रदेशबाट नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यमा १५ जनाले उम्मेदवारी दिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका हुन् । त्यस्तै, खुला केन्द्रीय सदस्यमा हर्षबहादुर बम र हस्तबहादुर मल्ल उम्मेदवारी दिएका…