कांग्रेसले चुनावी तालमेलमा गरेको बेइमानी र षड्यन्त्र स्वीकार्य छैन : प्रचण्ड

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलमा नेपाली कांग्रेसले बेइमानी गरेको बताएका छन् ।  सोमबार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिविपरीत कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन लगाएर धोका दिएको बताएका हुन् । ‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा…