भरतपुरको अभिव्यक्ति विवादमा तानिएपछि प्रचण्डले बोली फेरे

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको पाँच दलीय गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् ।  आइतबार गठबन्धन दलहरूले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनले निर्वाचनमा विजय नभए देश दुर्घटनामा जाने दावी गरेका हुन् । उनले यस भन्दाअघि चितवनमा आयोजित कार्यक्रममा हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका…