काठमाण्डु - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै स्थानीय तहमा एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन्। शनिबार इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै हालको पाँच दलीय गठबन्धनले देश चलानउ नसक्ने बताएका हुन् । ‘गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने, बाँडीचुँडी खाने…