काठमाण्डु - नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम नुवाकोट–१ का उम्मेदवार डा. प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको दाबी गरेका छन् । महतले कांग्रेसका उम्मेदवार र कार्यकर्ताहरु जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा उपलब्ध हुने बताए । वैकल्पिक भनिएका दलहरुको शिर र पुच्छर नभएकाले कांग्रेससँग तुलना नहुने उनको भनाइ छ ।…