काठमाण्डु- भक्तपुर–२ का मतदाताको रोजाइ हरेक निर्वाचनमा फरक हुन्छ । उनीहरू हत्तपत्त दोहोर्याएर उम्मेदवारलाई जिताउँदैनन् । त्यसैले हरेक निर्वाचनमा यहाँका मतदाताले प्रतिनिधि परिवर्तन गर्दै आएका छन् । २०४८ यताका निर्वाचन परिणामहरूले यो निर्वाचन क्षेत्रले एउटै प्रतिनिधिलाई दोहोर्याएर पठाउन रुचि नदेखाएको स्पष्ट गर्छ । २०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य निर्वाचित भएका थिए भने…